रिजेन्द्रलाई उपाधि

इन्द्रचोक क्लबको आयोजनामा संचालन भएको इन्द्रचोक क्लब खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौं चेस क्लबका रिजेन्द्र राजभण्डारीले हात पारेका छन् ।

 

उनले नेपाल च्याम्पीयन बदि्रलाल नेपालीलाई पराजित गरेका थिए । कालो गोटी लिई वेनोनी प्रणालीमा खेलेका बदि्रलाई रिजेन्द्रले १८ औं चालसम्ममा खेल बराबरी अवस्थामा राखेका थिए १९ औं चालमा घोडा वलिदान गरी बदि्रले खेलमा आ;नो चालमा पकड वलियो बनाए । दवावमा रहेका रिजेन्द्रले बदि्रको २३ औं चालमा गरेको भूलको फाइदा उठाउँदै जीत हात पारे ।

 

उनले साढे आठ अंक प्राप्त गरे । त्यसै गरी फिडे मास्टर सुृजेन्द्र प्रसाद श्रेष्ठले पूर्व नेपाल च्यम्पियन सुरवीर लामा माथी सफलता हात पारी दोस्रो स्थानमा रहे उनको ७ अंक छ । डाइरेक्ट इन्काउन्टरको आधारमा दोस्रो स्थान हासिल गरे भने ७ अंक नै प्राप्त गरेका नवीन तण्डुकार तेस्रो स्थानमा रहन सफल भए । नवीनले मखन चेस क्लबका राजन पुरी सँग बरावरी खेलेका थिए । राजन पुरी चौथौं स्थानमा रहे । त्यसै गरी पाचौं देखी दशौं सम्म फिडेमास्टर मनीष हमाल नेपाल च्याम्पीयन बदि्रलाल नेपाली कान्तिपुर चेस क्लबका लेख बहादुर थापा मगर मछिन्द्र क्लबका सुरवीर लामा अन्नपूर्ण उमावि ज्याठाका विजय डंगोल र ध्रुवतारा स्पोिटंग क्लब दमकका निरज निरौला रहेका छन् । अनरेटेडतर्फ सुदिप बज्राचार्य पहिलो र सप्तरीका मनोज विक दोश्रो स्थान प्राप्त गरे । प्रेम कृष्ण महर्जन स्थानीय उत्कृष्ट घोषित भए ।

 


क्लबका अध्यक्ष कृष्णमान िसं को सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन समारोहमा सभासद नविन राज जोशीले विजेता खेलाडीहरुलाई पुरस्कृत गर्नु भएको थियो । विजेता प्रथमले रु। ११०००  दोस्रोले ८००० र तेस्रोले ६००० प्राप्त गरे १७ जिल्लाका ६७ जना खेलाडीहरु सहभागी रहेको प्रतियोगिता भाद्र १२ गतेदेखि शुरु भएकॊ थियो ।