वर्षको अन्तिम ग्रान्स्लाम टेनिस प्रतियोगिता युएस ओपनमा शिर्ष वरियताका सर्वियन स्टार नोभाक जोकोभिचले आफ्नो शान्दार प्रदर्शनलाई जारी राखेका छन् ।
अमेरिकाको न्युयोर्कमा २४ बर्षिय जोकोभिचले रसियन खेलाडी निकोले डेभिडेन्कोलाई ६\३, ६\४ र ६\२ को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरे । अन्तिम १६ मा जोकोभिचले युक्रेनका एलेग्जान्डर डोल्गोपोलोभको सामना गर्ने छन् ।
यसैगरी, तेस्रो वरियताका स्विस स्टार रोजर फेडेररले २७ औं वरियतका क्रोएसियन खेलाडी मारिन सिलिकलाई पराजित गरे । अन्तिम १६ मा अर्जेन्टाइन खेलाडी हुवान मोनाकोसँग भिड्न्त तय गरेका फेडेररले तेस्रो चरणमा सिलिकलाई ६\३, ४\६, ६\४ र ६\२ ले निराश पारे ।