बलिउड नायक साहिद कपुरलाई आफ्नी पूर्व प्रेमिका करिना भन्दा प्रियंका चोपडा नै हट


 

मुम्बई ( एजेन्सी) – बलिउडकी देशी गर्ल प्रियंका चोपडा र बेबो नायिका करिना कपुरमध्ये को बढी हट होला ? फ्यानहरुले त जसलाई जो मन पर्छ उसैको नाम लिइहल्लान् तर नायक साहिद कपुरलाई भने आफ्नी पूर्व प्रेमिका करिना भन्दा पनि प्रियंका नै हट लाग्दी रहिछन् ।

जब वी मेटमा सँगै अभिनय गरेकी करिनालाई साहिदले प्रेमसम्बन्ध बिग्रिएपछिको यो अवधिसम्म आइपुग्दा पनि कहिल्यै हट र कामुक रुपमा लिएका रहेनछन् । ‘व्यक्तिगत हिसाबले प्रियंका नै हट लाग्छिन्,’ एक पत्रिकलाई अन्तरवार्ता दिने क्रममा करिना र प्रियंका मध्ये को हट भनी सोधिएको प्रश्नमा उनले भने- ‘तर सेक्सी को छ भन्ने कुरामा म आफै मौन छु ।’


करिनासँगको सम्बन्ध बिग्रिएपछि एकल जिन्दगी बिताइरहेका साहिदले एक्लो जीवनमा कसैप्रति निर्भर रहनु नपर्नाले खुशी पनि आफ्नै किसिमको आउने गरेको बताए । कुनाल कोहिलको लभस्टोरी फिल्म तेरी-मेरी कहानीमा प्रियंकासँग अभिनय गरेका साहिदले उनीसँग काम गर्न पाउँदा खुसी लागेको बताए ।