ज्यापु कप बुद्धिचाल शुरु

– हेराकाजी महर्जन

 

भाद्र १८ गते ललितपुर । ज्यापु समाज यल खेलकुद उप-समितिको आयोजनामा आफनै भवन ललितपुर भोलगणेशमा आजदेखि ज्यापु कप खुल्ला राष्ट्रिय फिडे रेटिफ् बुद्धिचाल प्रतियोगिता शुरु भयो ।


आज सम्पन्न प्रथम चरणको खेलमा  फिडेमास्टर मनिष हमाल बर्तमान नेपाल च्याम्पीयन बदि्रलाल नेपाली पूर्वनेपाल च्याम्पीयन शुरबीर लामा नबिन तण्डुकार मकवानपुरका कृष्ण थापा  काठमाण्डौंका राजन पुरी पुरुषोत्तम चौलागाई भेट्रान च्याम्पियन रबिन्द्र शाक्य मोरङ्गका पुर्णराज खड्का कान्तिपुर चेस क्लब गोंगबुँका मनकुमार गुरुफ् दिपक महर्जन मनकुमार गुरुङ्ग रमेश भण्डारी मिलन रोका भक्तपुरका गणेशमान दुवाल उमेश सैंजु विकास कुलुजू सुर्यसन प्रजापति किर्तिपुर चेस क्लबका प्रेमलाल महर्जनले  सफलता हात पारेका छन् ।

 
यसैगरी जित हासिल गर्ने्रे अन्य खेलाडीहरुमा ललितपुरका बिजयमान श्रेष्ठ हेराकाजी महर्जन अनिस महर्जन बिजय महर्जन संजय महर्जन  बीर बहादुर िसं आशानारायण महर्जन प्रवेश बस्नेत रहेका छन् ।

 

यसअघि ज्यापु समाज यल खेलकुद उप-समितिका संयोजक केशब महर्जनको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी  र ज्यापु समाज यलका अध्यक्ष रामकाजी अवालेले संयुक्तरुपमा चेस गोटि चाली  प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।


स्वीस लिग १० चरणको खेल हुने यस प्रतियोगितामा २० जिल्लाका ७४ जना खेलाडिहरु सहभागि रहेको प्रमुख रेपि्रु अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजूले बताउनु भयो । यही भाद्र २३ गतेसम्म संचालन हुने यस प्रतियोगिताको कूल नगद पुरस्कार ६५ हजार रहेको छ । जसमध्ये बिजेताले १५ हजार उप-बिजेताले १० हजार र तेस्राले ७ हजार प्राप्त गर्नेछन् । भोलि बिहान ९ः०० बजे दोस्रो र २ः०० बजे  तेस्रो चरणको खेल हुनेछ ।