इनरुवा – चिनियाँ लगानीमा संचालित सुनसरीको नरसिंह स्थित सि म्याक्स फुड प्रालिमा सोमबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ । उद्योगमा गेटको छेउमा भएको उक्त बिस्फोटवाट उद्योगमा सामान्य क्षति भएको छ ।
बिस्फोटले पर्खालको बाहिरी भागमा केही क्षति भएको उद्योगका कर्मचारी निलु पौडेलले जानकारी दिए । यसैबीच बिस्फोटको जिम्मेवारी तराइमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराइ मधेश मुक्ती पार्टीले लिएको छ ।