भदौ २० गते ललितपुर । ज्यापु समाज यल खेलकुद उप-समितिको आयोजनमा संचालन भईरहेको ज्यापु कप राष्ट्रब्यापी खुल्ला रेटिफ् बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भएका छन् । जसमा नेपाल च्याम्पीयन बदि्रलाल नेपाली फिडे मास्टर मनिष हमाल पुर्ब नेपाल च्याम्पीयन सुरबिर लामा मकवानपुरका कृष्ण थापा भेट्रान च्याम्पियन रबिन्द्र शाक्य र युवा खेलाडी राजन पुरी ३ अंक सहित अग्रस्थानमा रहेका छन् ।
बदि्रले दुबै खेलमा जीत हात पार्ने क्रममा दोस्रो चरणमा कान्तिपुर चेस क्लबका मनकुमार गुरुफ्लाई र तेस्रो चरणमा ललितपुरका रत्न ब्याजनकार मािथ बिजय पाए । त्यस्तै मनिषले दोस्रो र तेस्रो चरणमा क्रमशः कान्तिपुर चेस क्लबका रमेश भण्डारी र भेट्रान लवकुमार श्रेष्ठलाई पन्छाएका थिए भने सुरबिरले ललितपुरका राधाकृष्ण महर्जनबाट दोस्रो चरणमा वाकओभर पाए भने तेस्रोमा पुर्ब नेपाल च्याम्पीयन नबिन तण्डुकार माथि कठिन जीत दर्ज गरे । त्यसैगरी २०६६ रेटेड कृष्णले भक्तपुरका उमेश सैंजुलाई दोस्रो र तेस्रो चरणमा ललितपुरका बिजयमान श्रेष्ठलाई हराउन सफल भए।
राम्रो प्रदर्शन गरेका रबिन्द्रले दोस्रो चरणमा रुपन्देहिका सौरभ प्रसाद प्रधानलाई पराजीत गरे र तेस्रोमा कान्तिपुर चेस कलबका मिलन रोकालाई माथ दिए भने राजनले दोस्रो चरणमा ललितपुरका कृष्णहरि श्रेष्ठ र तेस्रो चरणमा हेराकाजी महर्जनलाई हराएका थिए । काठमाडौंका रिजेन्द्र राजभण्डारी भक्तपुरका गणेशमान दुवाल बिकास कुलुजु र ललितपुरका अनरेटेड सुर्यमान महर्जन साढे २ अंक सहित संयक्त रुपमा दोस्रो स्थानमा रहेका छन् ।
प्रथम चरणमा अनरेटेड सुदिप बज्राचार्यसँग बराबरी खेलेका रिजेन्द्रले आज दुबै खेलमा सफलता प्राप्त गर्ने क्रममा ललितपुरका मेघराज शाक्य र कृष्णमान महर्जनलाई हराए भने गणेशमानले कान्तिपुरका चेस क्लबका दिपक महर्जन माथी जीत पाए भने तेस्रो चरणमा बिकास कुलुजुसँग अंक बाडे बिकास ले दोस्रो चरणमा ललितपुरका बीर बहादुर िसं लाई पराजीत गरी अनरेटेड खेलाडी सुर्यमानले दोस्रो चरणमा ललितपुरका बिजय महर्जन सँग बराबरी र तेस्रो चरणमा संजय महर्जन माथि बिजय हात पारी अंक जोडी २ अंक प्राप्त गरी संयुक्त रुपमा तेस्रो स्थानमा रहेकाहरु ल्लितपुरका बाबुराजा महर्जन रामकाजी महर्जन कृष्णहरि श्रेष्ठ सुमन महर्जन कान्तिपुर चेस क्लबका रमेश भण्डारी स्टान्डर्ड चाटर्ड बैंकका पुरुषोत्तम चौलागाईं भक्तपुरका उमेश सैंजू उदयपुरका कर्णबहादुर बस्नेत रहेका छन् । भोलि बिहान ९ः०० बजे चौथौं र दिउँसो २ः०० बजे पाँचौं चरणका खेलहरु हुनेछन् ।