डर्टी पिक्चरमा केन्द्रीय पात्र रहेकी हिरोइन विद्या बालनले आफ्नो भूमिका दर्शकलाई अश्विल नलाग्ने विश्वास
भाद्र २० गते, २०६८ मा प्रकाशित
मुम्बइ – महिलाका विविध पक्ष प्रस्ट्याउने फिल्म ‘डर्टी पिक्चर’मा केन्द्रीय पात्र रहेकी हिरोइन विद्या बालनले आफ्नो भूमिका दर्शकलाई अश्विल नलाग्ने विश्वास गरेकी छन्।
मिलन लूथरिया निर्देशक रहेको फिल्मको ट्रेलर जारी गर्ने कार्यक्रमले सञ्चारकर्मीले सोधे- यस्तो भूमिका निर्वाह गर्दा तपाइँलाई असहज लागेन ? ‘लागेन। मलाई पूरा भरोसा थियो कि म असल निर्देशकको हातमा छु। विश्वास थियो म अश्लिल लाग्नेछैन।’
विद्याले महिला हुँदाको आनन्द यो फिल्ममा काम गर्दा भएको उल्लेख गरिन्। ‘डर्टी पिक्चरमा महिलाका हरेक रंगलाई इन्द्रधनुष झैँ सबै पक्षबाट देखाइएको छ। भलै केही मान्छेलाई यो पचाउन गाह्रो छ तर महिलाले पक्कै पनि मेरो कुरासँग सहमति जनाउनेछन्’, विद्याले भनिन्।
फिल्म डर्टी पिक्चरमा विद्याको भूमिका ८० को दशकी महसुर दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताबाट प्रेरित छ। एकता कपुर निर्माता रहेको डर्टी पिक्चरमा विद्या बालनका साथमा नसीरुद्दीन शाह, तुषार कपुर तथा इमरान हासमी पनि देखिनेछन्। फिल्म डिसेम्बरमा रिलिज हुँदैछ।