सुदुरपश्चिमका जिल्लाहरुमा आज एक थरीले गौरा पर्व मनाउंदै छन् । पञ्चाङग निर्णायक समितिले गत ४ भदौमै गौरा मनाउने साइत जुराए अनुसार एकथरीले सोही दिन पर्व मनाएका थिए भने पंचाङग निर्णायक समितिको साईतप्रति असहमति राख्नेहरुले आज गौरा मनाएका हुन् ।
सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुराका साथै कञ्चनपुरका आधा बासिन्दाले आज बिहानैदेखि गौरा पर्व मनाइरहेका छन् । पंचाङ्ग निर्णायक समितिको निर्णयलाई हावादारी भन्दै सुदूरपश्चिम क्षेत्रका ज्योतिषिले भदौ २१ गतेपछि मात्रै अगष्टी उदय हुने अडान राखेका थिए ।
महाकाली साहित्य संगमका अध्यक्ष वीरबहादुर चन्दले सुदूरपश्मिेलीहरुको सबैभन्दा ठूलो चाड गौरा दुईपटक मनाउंदा विगतमा जस्तो उल्लासपूर्ण वातावरण नदेखिएको बताएका छन् । गौरा पर्वकै क्रममा डडेल्धुरावासीले देउडा नाचं प्रदर्शन गरेका छन् ।



