आर्थिक वर्ष २०६७-६८ मा निर्यात व्यापारमा सुधार भएको र आयातको वृद्धिदरमा निकै कमी आएकाले विगत दश वर्षमा पहिलो पटक निर्यातको वृद्धिदरले आयातको वृद्धिदरलाई उछिनेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक बर्ष २०६७-०६८ को बार्षिक तथ्यांकमा व्यापार घाटाको वृद्धिदरमा उल्लेख्य कमी आएको जनाइएको हो ।
तर यस बर्ष पनि नेपालको व्यापार भने विगतमा भन्दा अधिक (करिव दुई तिहाई) भारत केन्द्रीत नै रहन गएको बताइएको छ । अघिल्लो वर्ष १०.२ प्रतिशतले घटेको निर्यात समीक्षा वर्ष ६.१ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ६० अर्ब ८२ करोडको निर्यात भएको थियो । भारततर्पm मुख्यतयाः जस्ता पाता, जुटका सामान, जुस, अलैँची र धागोको निर्यात बढेको कारण त्यसतर्फको निर्यातमा वृद्धि हुन गएको बताइएको छ ।
त्यस्तै, अन्य मुलुकतर्फ विशेषगरी पश्मिना, ऊनी गलैंचा, छाला र चियाको निर्यातमा वृद्धि भएका कारण त्यसतर्पmको निर्यातमा वृद्धि हुन गएको जनाइएको छ । यस बर्ष समीक्षा वर्षमा कुल वस्तु आयात ५.५ प्रतिशतले बढेर रू. ३ खर्ब ९४ अर्ब ९० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आयात ३१.६ प्रतिशतले वृद्धि भई रू. ३ खर्ब ७४ अर्ब ३४ करोड पुगेको थियो । कूल आयात मध्ये पेट्रोलियम पदार्थको आयात मात्रै करिब ४४ प्रतिशतले बढेको जनाइएको छ । निर्यातमा भएको सुधार र आयातको वृद्धिदरमा आएको कमीका कारण अघिल्लो वर्ष ४४.६ प्रतिशतले वढेको व्यापार घाटा समीक्षा वर्षमा ५.४ प्रतिशतले मात्र वृद्धि भई रू. ३ खर्ब ३० अर्ब ३४ करोड पुगेको जनाइएको छ ।
यसैगरी, आर्थिक वर्ष २०६७-६८ को नौ महिनामा वर्षकै उच्च रू. १४ अर्ब ७९ यसैगरी निरन्तर २ बर्ष देखि घाटामा रहेको शोधानान्तर स्थितिमा पछिल्ला महिनाहरुमा उल्लेख्य सुधार भई आर्थिक वर्ष २०६७-६८ को अन्त्यमा शोधनान्तर स्थिति रू. २ अर्ब ९३ करोडले बचतमा रहेको बताइएको छ ।