डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले अघिल्लो सरकारले पेश गरेको बजेटमा संशोधन नगर्ने

डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले अघिल्लो सरकारले पेश गरेको बजेटमा संशोधन नगर्ने भएको छ । एमालेको आग्रहमा माओवादी नेतृत्वको सरकारले पुरानै बजेटलाई पारित गराउन संसदमा प्रक्रिया अगाडि बढाउने भएको हो ।

 
आथिर्क वर्ष ०६८\६९ को बजेटमाथिको विनियोजन विधेयकका बारेमा संसदमा छलफलको कार्यतालिका तय गर्न राज्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । बैठकले विनियोजन विधेयकको मन्त्रालयगत खर्चका बारेमा आगामी २६ भदौदेखि छलफल सुरु गर्ने कार्यतालिका तय गर्ने भएको छ । सरकारले यही महिनाको अन्त्यसम्ममा बजेट पारित गरिसक्न प्रयास गर्ने भएको छ ।