काठमाडौ । यसवर्ष पर्यटक आगमनमा कूल २१.६६ प्रतिशतले वृद्धि भई पाँच लाख ७५० पुगेको छ । यस वर्षको समीक्षा अवधिमा गत आर्थिक वर्ष चार लाख ११ हजार ५८४ मात्र पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उपलब्ध सो तथ्याङ्क हवाइ मार्ग भएर आउने पर्यटक मात्र रहेको हो ।
छिमेकी मुलुक भारतबाट मात्रै नेपाल आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष २६.१० प्रतिशतले वृद्धि भई एक लाख ३० हजार ७१७ पुगेको छ ।
नेपाल भ्रमण वर्ष २०११ को सन्र्दभमा नेपाल भ्रमण गर्ने पर्यटकमा भारतीय मूलका जनता अधिक रहेका छन् । गत वर्षको समीक्षा अवधिमा ३.७६ प्रतिशतमा सिमित रहेको सो सङ्ख्या वृद्धि भई चालु आर्थिक वर्ष ०६७