नेपालीहरूको महान चाड दसैँतिहार नजिकिँदै गर्दा कपडाका व्यापार गर्ने व्यापारीले कपडामा छुटको अफर दिन थालिसकेका छन् । विशेषगरी व्यापार प्रबर्द्धन, उपभोक्तलाई आकर्षण तथा सुविधा दिन विभिन्न अफर ल्याएको व्यापारी बाताउँछन् ।
प्रायः टिसर्ट, सर्ट, जिन्स पेन्ट, कटन पेन्ट, हाफ पेन्ट, हाफ स्वेइटरलगायत लेडिज आइटममा 20 देखि 50 प्रतिशतसम्म छुट लेखिएका ब्यानरहरूले पसल रङ्गिन थालिसकेका छन् । कपडामा आधा छुट दिएर बेच्न सक्ने व्यापारीले भने त्यसमा कति नाफा खाएका छन् भन्ने खुलाउन चाहँदैनन् । ग्राहक भने व्यापारीले मूल्य अत्यधिक चर्को राखेर त्यसलाई छुट दिएर उत्तिकै दाममा बेचेको दाबी गर्छन् । उनीहरूका अनुसार छुटको नाममा अन्य बेलामा नबिकेका सामग्रीको पनि बिक्रीमा राख्ने गरेको हुन्छ।



