शिला की जवानी देखाउने क्याट्रिना कैफ अब मुन्नी बदनाममा


 

मुम्बई – ‘शिला की जवानी’ देखाउने क्याट्रिना कैफ अब ‘मुन्नी बदनाम’ हुने भएकी छिन्। हिन्दी ब्लकबस्टर फिल्म ‘दबंग’को तामिल भाषामा रिमेक हुन लागेको छ। निर्माताहरूले त्यसमा पनि रहने ‘मुन्नी बदनाम हुई’ आइटम गीतमा क्याट्रिनालाई खेलाउने निर्णय लिएका छन्। र, यसवापत क्याट्रिनालाई साढे दुई करोड भारु पारिश्रमिक दिने भएको छ।

 

हिन्दीमा जस्तै तामिल ‘दबंग’मा पनि खेल्न लागेका अभिनेता सोनु सूदले केही समयअघि आफूहरू मुन्नीको खोजमा रहेको कुरा ट्वीटरमा लेखेका थिए। केहीले मल्लिका शेरावतको नाम सुझाएका थिए तर मल्लिकाले आइटममा ननाच्ने बताइसकेकी छिन्।

 


 

निर्माताहरूको पहिलो रोजाइ विपाशा वसु थिइन्। तैपनि सोनुको आग्रहमा निर्माताले क्याट्रिनालाई नै रोजे। सोनु र क्याट्रिना मिल्ने साथी हुन्। हिन्दी ‘दबंग’मा सोनुले मुन्नीसँग केही क्षण नाचे पनि तामिलमा भने सुरुदेखि अन्त्यसम्म छाउने अवसर पाएका छन्।

 

फिल्मको गीत सरोज खानले कम्पोज गर्दैछिन्। कुनै पनि फिल्ममा व्यस्त नभएकीले क्याट्रिनाको सुटिङ चाँडै हुने सम्भावना छ।

 

– एजेन्सी