नेपालमा दसैँ तिहारको आगमनसँगै लामो दुरीको यातायातले मनपरि भाडा वृद्धि गर्ने गरेकोमा यसपालि भने भाडादर यथावत रहने भएको छ।
नेपाल यातायात व्यवस्थापन विभागका अनुसार दसैँ तिहारको बेला मनपरि भाडा बृद्धिगर्ने प्रवृत्ति रोक्न अनुगमन सुरु गरिसकेको छ। यसपाला कुनै यातायात व्यवसायीले यात्रुबाट यथावत भाडादरभन्दा बढी असुलेको फेलापरेमा सरकारी मुद्दा चलाई कारबाही गरिने भएको छ ।



