सुनको भाउ फेरि घट्यो

नेपालमा गत मंगलबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बुधबार फेरि घटेको छ ।

बुधबार सुनको भाउ तोलाको 52 हजार 7 सय 97 रुपैंयामा कारोबार भएको छ ।

मंगलबार सुनको भाउ 54 हजार 2 सय रुपैंया पुगेको थियो ।

मंगलबारको तुलनामा बुधबार सुन तोलाको एक हजार 4 सय 3 रुपैंयाले घटेको हो ।