काठमाडौँ – बसन्तपुर दरबार क्षेत्रमा मानन्धर समुदायले भक्तपुरको सल्लाघारीबाट ल्याएको लिंगो ठड्याएलगत्तै आजदेखि उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ।
आजैदेखि दरबार क्षेत्रमा साँझ लाखेसहित विभिन्न नाच देखाउने गरिन्छ। आजै नेवार समुदायले मृत आत्माको चीर शान्तिका लागि धुप, दियो बालेर उपाकु पर्व मनाउँछन्।
जात्राको मुख्य दिन आइतबार जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा हुन्छ। राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति रामवरण यादवले रथयात्राको अवलोकन गर्नेछन्। इन्द्रजात्राको दिन उपत्यकामा सार्वजनिक विदा हुने गर्छ।