सन्धिखर्कमा ट्रेड युनियन अधिकार सम्बन्धि एक दिने शैक्षिक कार्यक्रम

– प्रेमनारायण आचार्य 


अर्घाखाँची २३ भदौ । अर्घाखाँचीको सन्धिखर्कमा श्रमिक तथा कामदारको स्तरोन्नती र ट्रेड युनियन अधिकार सम्बन्धि एक दिने शैक्षिक कार्यक्रम सम्पन्न भएको छ । 


नेपाल ट्रेडयुनियन काग्रेस स्वतन्त्रको आयोजनामा सम्पन्न भएको कार्यक्रममा श्रमिकको काम अनुसारको ज्याला प्राप्त गर्ने वातावरण सिर्जना गर्न सरकार तथा उद्योगी बयबसायीहरुले नँया निति बनाएर काम गर्नु पर्नेमा जोड दिइएको छ । 


उनीहरुले मजदुरका समस्या समाधान गर्न सरकार उदासिन रहेको पनि आरोप लगाएका छन् । कार्यक्रमको सहजीकरण नेपाल ट्रेड युनियन काग्रेस स्वतन्त्रका पश्चिमाचल सचिब मधुकर काफ्लेले गर्नु भएको थियो । 


कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल  नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि तथा युबा नेता बिष्णुप्रसाद खनाल  मुस्कान जिल्ला सचिब बासुदेब आचार्य  कोषाध्यक्ष हरिबहादुर खड्का  जिल्ला सदस्य लोकेन्द्र बिक  नेपाल शिक्षक युनियनका अध्यक्ष यादब घिमिरे पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य  प्रेस युनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल स्वस्थ्य कर्मि संघका जिल्ला अध्यक्ष ताराप्रसाद खनाल  दलित संघका मणिराम परियार  रामबहादुर परियार लगायतले मन्तब्य तथा धारणा राखेका थिए । 


कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष गणेशबहादुर िसंहको अध्यक्षता  प्रदिप भण्डारीको संचालन र पुस्पा न्यौपानेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।



 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु