श्रीलंकाबिरुद्ध जारी दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङमा अष्ट्रेलियाले ९० रनको अग्रता लिएको छ । श्रीलंकाको केन्डिमा दोस्रो दिनको समाप्ती अगाडी खराब प्रकाशका कारण रोकिएको खेलमा अष्ट्रेलियाले ३ विकेटको क्षतीमा २ सय ६४ रन जोड्यो । भ्रमणकारी टोली अष्ट्रेलियाका सन मार्सले ८७ र माईकल हसीले ७६ रन बनाए ।
तेस्रो दिनमा अविजित रहेका मार्स र हसीले अष्ट्रेलियाको इनिङलाई अगाडी बढाउने छन् । बलिङतर्फ श्रीलंकाका चनक वेलेगेडेरा, सुरङगा लकमल र सुरज राण्डिभले १-१ विकेट लिए ।
आफ्नो पहिलो इनिङमा श्रीलंकाले १ सय ७४ रन बनाएको थियो । यसअघि सम्पन्न पहिलो टेष्ट क्रिकेटमा श्रीलंका अष्ट्रेलियासँग १ सय २५ रनले पराजित भएको थियो ।