– हेराकाजी महर्जन
भदौ २३ गते ललितपुर । ज्यापु समाज यल खेलकुद उप-समिति द्धारा आयोजित ज्यापु कप खुल्ला राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि बर्तमान नेपाल च्याम्पीयन बदि्रलाल नेपालीले हात पारेका छन् । उनले रोचक खेलमा पुर्ब नेपाल च्याम्पीयन नबिन तण्डकार लाई पराजीत गरेका थिए । उनले नबिन सँगको खेलमा कालो गोति लिइ पेट्रोफ डिफेन्स प्रणाली खेलशुरु गरेका थिए । खेलको ४५ औं चालमा नबिनको सिपाहि लाई कमजोर बनाउँदै लगे जसले गर्दा ४६ औं चालमा सिपाहि एउटा फाईदा गरे नबिनले त्यसपछि झन गल्ती गर्दै गयो र ६० औं चालमा बदि्र निश्चित जित हात पारे । बद्रीको साढे ८ अंक रहयो ।
त्यसै गरी पुर्व नेपाल च्याम्पीयन सुरबीर लामा साढे ७ अंक प्रोग्रेशिभ साढे ४५ अकं प्राप्त गरी दोस्रो स्थानमा रहे । उनी मकवानपुरका २०६६ रेटेड कृष्ण थापासँग हारेका थिए । साढे ७ अंक नै प्राप्त गरेका कृष्णले तेस्रो स्थान हासिल गर्न सफल भए । उनको प्रोग्रेशिभ ४३ रहेको छ । त्यसैग गरि नबिन तण्डुकार साढे ७ अंक प्रोग्रेशिभ साढे ४२ अंक प्राप्त गरी चौथौं स्थानमा आफुलाइ उभ्याए ।
ललितपुरका रबिन्द्र शाक्य छैटौं झक्तपुरका बिकास कुलुजु सातौं कान्तिपुर चेस कलबका रिजेन्द्र राज भण्डारी आठौं नवौं भक्तपुरका उमेश सैंजु र दशौं पुरषोक्रम चौलागाई स्टाण्डर एकाउण्ट चार्टर बैंक रहे ।
त्यसैगरी भक्तपुरका भेट्रान गणेशमान दुवाल माथि सफलता प्राप्त गरी ललितपुरका हेराकाजी महर्जन ७ अंक सहित बेष्ट लोकल खेलाडी घोषित भए भने गणेश मान भेट्रानमा उत्कृष्ट ठहरिए ।
ललितपुरका कृष्णमान महर्जन र सुर्यमान महर्जन अनरेटेड तर्फ प्रथम र दोस्रो स्थान हात परि भने यु १५ मा अर्णपुर्ण उच्च मा। बि। का बिजय डंगोल प्रथम स्थान हात पारे । १८५० मुनि र १७५० मुनी रेटेड तर्फ काठमाडौंका प्रेम लाल महर्जन पुरुस्कार पाए ।
ज्यापु समाज यल खेलकुद उप-समितिका संयोजक केशव महर्जनको सभापतित्वमा सम्पन्न भएको पुरुस्कार बितरण समारोहमा प्रमुख अतिथि राष्ट्रिय खलकुद परिषदका सदस्य सचिव युवराज लामा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशी र ज्यापु समाज यलका अध्यक्ष रामकाजी अवाले ले बिजेता खेलाडीहरुलाई नगद पुरुस्कार ट्रफि बितरण गर्नु भएको थियो । भदौ १८ गते देखि शुरुभएको प्रतियोगितामा २० जिल्लाका ७५ जना खेलाडीहरुको सहभागिता रहेको छ भने बिजेता प्रथम १५०००। दोस्रो १००००। र तेस्रो ७०००। न्गद पुरुस्कार पदान गरेको थियो ।