यस वर्षको दशैका लागि तीनहजार खसी बोका ल्याइने


 

नेपाल खाद्य संस्थानले यस वर्षको दशैका लागि मकवानपुर, सर्लाही र बाँके जिल्लाबाट करिब तीन हजार खसीबोका काठमाडौँ ल्याउने भएको छ ।

संस्थानका कायममुकायम महाप्रबन्धक राजेन्द्रप्रसाद बाँस्कोटाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा संस्थानका जिल्लाका कार्यालय प्रमुख र जिल्ला कृषि विकास कार्यालयका कर्मचारीको सहभागितामा खसीबोकाको स्वास्थ्य/तौल परीक्षण गरेर प्रचलित मूल्यअनुसार कृषकलाई पनि राहत हुने गरी खसीबोका खरिद गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार घटस्थापनासम्म खसीबोकालाई काठमाडौँमा ल्याई मूल्य निर्धारण गरिने र त्यसको दुईदिनपछि बिक्री सुरु गरिने छ । गत वर्ष 250 खसीबोका मरेका कारण संस्थानलाई करिब रु 35 लाख नोक्सान भएको दाबी गरिएको थियो ।