जनकपुर उद्योग वाणिज्यको अध्यक्ष पदमा श्याम प्रसाद साह पुनः विजयी हुनुभएको छ । उहांले १ हजार २ सय मत प्राप्त गर्नुभएको थियो भने उहांका प्रतिद्धन्दी शिवशंकर प्रसाद साहले ६ सय ९४ मात्र मत प्राप्त गर्नुभएको थियो । पदाधिकारी सहित अधिकांश पदमा नव निर्वाचित अध्यक्ष साहको प्यानलका उम्देवारहरु बिजयी भएका छन् ।
कुल ३ हजार ३ सय ५६ मतदाता रहेको उद्योग वाणिज्य संघमा अध्यक्ष पद सहित विभिन्न पदहरुमा ६३ जना उम्देवार चुनावी मैदानमा उत्रेका थिए ।