भारतीय मुद्रा अपचलनमा ठूला बैंक पनि संलग्न रहेको अर्थमन्त्रीको खुलासा

काठमाडौं  – भारतीय मुद्रा अपचलनमा ठूला बैंक पनि संलग्न रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

‘अर्बौं रुपैयाँमा भएका भारतीय मुद्रा अपचरनमा ठूला बैंकको पनि संलग्नता देखिएको जानकारीमा आएको छ,’ रिपोर्टर्स क्लवमा आइतबार अर्थमन्त्री पुनले भने, ‘त्यस घटनाको छानबिन सुरु भएको छ, कुनै पनि हालतमा उनीहरुलाई उन्मुक्ति दिइनेछैन ।’

अर्थमन्त्री पुनले अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको बजेटलाई कुनै संसोधन नगरी असोज १ गतेसम्म पारित गर्ने बताए । अघिल्लो सरकारले पेश गरेको बजेट संशोधन नगरी असोज १ गतेसम्म संसदबाट पारित गराउने विषयमा दलहरुवीच सहमति नै भइसकेको उनले खुलासा गरे ।

‘असोज १ गतेभित्र बजेट पारित गर्ने गरी संसदले कार्य तालिका समेत बनाइसकेको छ ,’ उनले भने, ‘ढिलो बजेट पारित हुँदा आर्थिक बृद्धिदरमा समस्या आएकोबाट हामीले शिक्षा लिएका छौं ।’

अर्थमन्त्रीले भ्याट छली काण्डको छानबिनलाई पनि तीब्रता दिएको भन्दै उपयुक्त प्रक्रिया अपनाएर त्यसलाई सार्वजनिक गर्ने योजनमा आफूरहेको स्पष्ट पारे ।

मुलुकमा लगानी मत्री बातावरण निर्माण गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै अर्थमन्त्रीले मजदुर विवादले बन्द भएको सूर्य नेपाल गार्मेन्ट सञ्चालनमा ल्याउने दावी गरे ।

सरकारले ल्याएको राहतको कार्यक्रम तोकिएकै समयमा कार्यान्वयन हुने भन्दै उनले घोषण कागजमा मात्र सीमित नहुने ठोकुवा उनले गरे ।