बक्सिङका दीपक महर्जन यस वर्षको ‘पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी


 

काठमाडौं  – बक्सिङका दीपक महर्जन यस वर्षको ‘पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महर्जनलाई वर्षको उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको छ । महर्जनले चीनको गोन्झाओमा भएको एसियाडमा नेपाललाई एक कांस्य पदक दिलाएका थिए ।

उत्कृष्ट खेलाडी भएपछि महर्जनले सम्मानले आफूलाई उत्प्रेरित गरेको बताए । ‘यस्तो सम्मानित अवार्ड जित्दा राष्ट्रलाई केही गर्नुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘राष्ट्रका लागि अझै केही गर्न पुगेको छैन जस्तो महसुस भएको छ ।’

यसैगरी उत्कृष्ट महिला खेलाडी फुटबलकी जमुना गुरुङ, उत्कृष्ट युवा खेलाडी क्रिकेटकी नेरी थापा र प्रशिक्षकमा प्रचण्ड शर्मा सम्मानित भए । १ लाख ३६ हजार २ सय ७२ भोटसहित लोकप्रिय खेलाडी भलिबलकी सिपोरा गुरुङ भइन् । स्पेशल अवार्डबाट दिलिप राई र भगिरथ आले सम्मानित भए ।

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट रमेशराज जोशी सम्मानित भए ।