एएफसी यू- १६ च्याम्पियनसिप छनोट फुटबलमा नेपाल सिरियासँग २-० ले पराजित

काठमाडौं – एएफसी यू- १६ च्याम्पियनसिप छनोट फुटबलमा सोमबार नेपाल सिरियासँग २-० ले पराजित भएको छ ।

बलियो प्रतिद्वन्द्वी सिरियासँग दशरथ रंगशलामा भएको खेलमा नेपालले हार व्यहोरेको हो । समूह ‘डी’ रहेको सिरियाले खेल सुरु भएको दोस्रो र ८१ औं मिनेटमा नेपालविरुद्ध  गोल गर्‍यो ।

समूह ‘डी’मा नेपालसहित सिरिया, ओमन र साउदी अरेबिया रहेका छन् । समूह विजेता र उपविजेतामात्र दोस्रो चरणको छनोटमा छानिनेछन् । नेपालले अर्को खेल भदौ २८ गते ओमन र ३० गते साउदी अरेबियासँग खेल्नेछ ।