शेयर बजार ओरालो लाग्ने क्रम थामिएन

 शेयर बजार ओरालो लाग्ने क्रम बुधबार पनि थामिएन । यस दिन बजार परिसूचक नेप्सेमा साढें ६ अंकको उल्लेख्य गिरावट आएर ३ सय १९ मा आइपुग्यो ।

 

कारोबार भएका अधिकांश समूहका सूचक घटेसंगै नेप्से झरेको हो । वाणिज्य बैंक समूहको सूचक सबैभन्दा उच्च झण्डै १० अंकले ओरालो लाग्यो । ठूला वाणिज्य कम्पनीका शेयर मूल्यमा उच्च गिरावट आए संगै यो समूहको सूचक उच्च दरले घटेको हो । जलविद्युत र अन्य समूहको सूचकमा पनि उच्च दरले गिरावट आयो ।

 

 यस दिन नेपाल स्टक एक्सचेन्जमा ८५ कम्पनीको १ लाख कित्ता शेयर २ करोड ५४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।