काठमाडौ – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्युनिकेसन्सले आफ्नो सेवा मुलुकका ५० जिल्लामा विस्तार गरेको छ । कम्पनीले बिहीबार आफ्नो १६ औं वाषिर्कोत्सव मनाउँदै छ । कम्पनीले यो अवधिमा १९ हजार ५ सय जना ग्राहकलाई सेवा पुर्याइरहेको विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीले नाफा कमाउनेभन्दा सर्वसाधारणलाई सेवा दिने उद्देश्यले दुर्गम क्षेत्रमा समेत इन्टरनेट सेवा पुर्याइरहेको जनसम्पर्क निर्देशक पवनसिंह शाक्यले बताए । कम्पनीले उपत्यकामा ६ वटा शाखामार्फत सेवा पुर्याइरहेको उनले जानकारी दिए । कम्पनीले मुलुकका सबै जिल्लामा इन्टरनेट सेवा पुर्याउने लक्ष्य रहेको जानकारी दिएको छ ।
कम्पनीले करिब ५ सय जनालाई प्रत्यक्ष र त्योभन्दा बढी संख्यामा अप्रत्यक्ष रोजगारी दिइरहेको जनाएको छ । वाषिर्कोत्सवको अवसरमा कम्पनीले शुल्क घटाएर बढी गतिको इन्टरनेट सेवा दिइरहेको निर्देशक शाक्यले जानकारी दिए ।