– नेपालका दीपेन्द्र थापा र रोहित तामाङ बिहीबारबाट सुरु भएको प्रथम माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ७४ देखि ८० केजी तौल समूहअन्तर्गत दीपेन्द्र थापा पाकिस्तानी मुहमद जार खानबाट वाक ओभर पाएपछि फाइनलमा प्रवेश गरेका छन् । उनले पहिलो चरणमा भारतका मनपि्रत सिंहलाई पाखा लगाएका थिए । मनपि्रतले बीचैमा खेल त्याग्न पुगेका थिए ।
यसैगरी ५४ देखि ५८ केजी तौलसमूहको पहिलो चरणमा बाई पाएका रोहित तामाङले अमेरिकाका डर्मिङग्नी क्रिस्टोफरलाई ८-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।