कात्तिकमा पोखरा गोल्डकप फुटबल प्रतियोगिता

 आहा गोल्डकप फुटबल प्रतियोगिताले चिनाएको पोखराको खेल जगतमा अव अर्को एउटा ठुलो फुटबल प्रतियोगिता थपिने भएको छ । पोखरामा आज एक पत्रकार सम्मेलन गरि दिईएको जानकारी अनुसार कास्की जिल्ला फुटबल संघले यही कात्तिक २२ देखि मंसिर ३ गतेसम्म पोखरा गोल्डकप फुटबल गर्ने भएको छ । पोखरा रंगशालामा हुने यो प्रतियोगितामा नेपाल लगायत भारत, भुटान र बंगलादेशका आमन्त्रित क्लवहरु सहभागि हुनेछन् ।


प्रतियोगितामा नेपालको नेशनल लिगका लागि छनौट हुन सफल ८ टोलीहरु सहभागि हुन पाउनेछन् ।


आयोजक समितिका अध्यक्ष खेमबहादुर गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार र द्वितीयले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पोखरामा हालसम्म भएका फुटबल प्रतियोगितामध्ये यो नै सबैभन्दा बढि पुरस्कार राशिको प्रतियोगिता हो । प्रतियोगिताका विभिन्न उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मानीत गरिने आयोजक संस्थाले जनाएको छ ।