किष्ट वैंकले ५१ प्रतिशत सेयर पञ्जाव वैंकलाई बेच्ने






धेरै साखा रहेको वाणिज्य वैंकका रुपमा परिचित किष्ट वैंक लिमिटेडले भारतको पञ्जाव नेसनल वैंकसँग साझेदारीको तयारी गरिरहेको छ ।


पुँजी अभावमा गुजि्रएका वैंकहरुलाई मर्जरकालागि राष्ट्रवैंकले प्रोत्साहन गरिरहेका बेला किष्टले साझेदारीको तयारी थालेको हो । पञ्जाव नेसनल वैंकलाई ५१ प्रतिशत सेयर दिएर साझेदार बनाउन लागेको आजको नागरिक दैनिकले छापेको छ ।


साझेदारीका बिषयमा दुवै वैंकले विगत एक महिनादेखि राष्ट्रवैंकसँग परामर्श गरिरहेका छन् । हाल पंजाव नेसनल वैंक एभरेष्ट वैंकसँग २० प्रतिशत साझेदारीमा कारोवार गरिरहेको छ । किष्टले दुई बिकल्पमा पंजाव वैंकसँग साझेदारीको तयारी गरेको वैंक स्रोतले जनाएको छ । हाल भइरहेको पूँजी संरचनामै ५१ प्रतिशत सेयर दिने वा हालको पूँजीलाई बढाएर ५१ प्रतिशत दिने बिषयमा छलफल चलिरहेको छ । वैंकका प्रवन्ध संचालक कमलप्रसाद ज्ञवालीले छलफल जारी रहेपनि कुनै निष्र्कषमा नपुगिएको बताएका छन् ।


राष्ट्र वैंकले भने साझेदारी भन्दा मर्जरमा जान सुझाव दिएको छ । एउटै वैंक दुईवटामा साझेदार बन्न कानुनी अडचन रहेकाले मर्जरमा जान सुझाव दिएको हो । पंजाव वैंकले किष्टको सेयर खरिद गरेमा मर्जरमा जान सघाउने राष्ट्रवैंकले आश्वासन दिएको छ । एभरेष्ट र किष्टवीच मर्जरमा जाने औपचारिक प्रतिबद्धता जनाए किष्टको निश्चीत प्रतिशत सेयर किन्न अनुमति दिने बताएको राष्ट्रवैंकका अधिकारीहरुले बताएका छन् ।


News updated By Binod Gaire in Kathmandu