विश्व विख्यातपप स्टार माइकल ज्याक्सनका अंगरक्षक र ज्याक्सनका सहयोगीको बयान

 विश्व विख्यात पप स्टार माइकल ज्याक्सनलाई मारेको अभियोग लागेका उनका चिकित्सक मरेमाथिको मुद्दा चलिरहेको बेला ज्याक्सनका अंगरक्षक र ज्याक्सनका सहयोगीको अमेरिकी उच्च अदालतले बयान लिएको छ ।

 

उनका अंगरक्षक फहीम मोहम्मदले आफू घटनास्थल पुग्दा अचेत अवस्थामा रहेका माइकल ज्याक्सन अगाडि चिकित्सक कानरेड मरे उभिरहेको अवस्थामा पाएको बयान दिएका छन् । साथै चिकित्सक डराएको भान आफूलाई परेको बताउँदै उनले त्यस बेला ज्याक्सनका दुई छोरा कोठा बाहिर उभिरहेको जानकारी दिए ।

 

सन् २००९ मा माइकल ज्याक्सनलाई आफनो बेडमा अचेत अवस्थामा पाएपछी उपचारका क्रममा अस्पताल लैजाँदा बाटोमानै मृत्यु भएको थियो । अत्यधिक औषधी सेवनका कारण मृत्यु भएको ठहर गरिएको उनको मृत्युपश्चात उनको निजी चिकित्सकलाई नियन्त्रणमा लिइएको हो । उनीमाथिको अभियोग प्रमाणित भएमा उनलाई चार बर्षको जेल सजायँका साथै उनको लाइसेन्स रद्द गरिने छ ।