स्ट्यान्डर्ड चार्टर्ड बैंक उत्कृष्ट बैंकको दर्जामा

स्ट्यान्डर्ड चार्टर्ड बैंक उत्कृष्ट बैंकको दर्जामा
 लुम्बिनी, एभरेस्ट, एनआईसी र एनएमबी बैंक शीर्ष पाँचमा
 
काठमाडौं, ११ असोज आर्थिक वर्ष ०६६/६७ मा सम्पूर्ण वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक उत्कृष्ट देखिएको छ । बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा आधारित रही निकालिएको परिणामले स्ट्यान्डर्ड उत्कृष्ट ठहरिएको हो । वित्तीय क्षेत्रमा प्रभाव पार्ने विभिन्न तत्वलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अंकभार दिई कारोबारले यो परिमाण निकालेको हो ।
सामान्यतया अन्तर्राष्ट्रिय रूपमा बैंक रेटिङका लागि क्यामेल्स (सी