पोखरा फुटबल क्लबलाई प्रथम खुल्ला रारा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि

पोखरा घारीपाटनमा रहेको पोखरा फुटबल क्लबले प्रथम खुल्ला रारा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पोखराले शहिद मजदुर स्मृति क्लब बी लाई २-४ गोल अन्तरले पराजित गर्दै उपाधि सहित ७५ हजार नगद हात पार्न सफल भएको छ ।

 

पोखराको जितमा खेलको चौथो मिनेटमा राष्ट्रिय खेलाडी विशन गौचनले एक गोल गरे भने विवेक गुरुङ, रवि थापा र प्रताप सैजुंले १-१ गोल गरे । मजदुरको तर्फबाट गम्भीर परियारले दोश्रो हाफको १० औं मिनेटमा र विकास केसीले खेलको २४ औं मिनेटमा पेनाल्टीबाट एक गोल गरेका थिए ।

 

प्रतियोगितामा पोखराका विशन गौचन उत्कृष्ट खेलाडी घोषित भए भने मजदुरका विकास केसीले प्रतियोगिता अवधिभर ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि सहित जेटीएम मोवाइल पाएका छन् ।