अर्घाखाँचीको सन्धिखर्कमा खुद्रा पैसा लिनेको भीड

– प्रेमनारायण आचार्य


यूएई डेस्क – अर्घाखाँचीको सन्धिखर्कमा रहेको राष्टिय बाणिज्य बैंकमा आज दिन भर खुद्रा पैसा लिनेको भिड लागेको छ ।


दशैमा चाहिने खुद्रा नोटको जोर जाम गर्नकालागि गाँउ गाँउबाट मानिसहरु सदरमुकाम आएका थिए ।


मानिसलाई छिटो किसिमले खुद्रा बितरण गरिएको बैकका शाखा प्रबन्धक गोबिन्द खनालले बताउनु भयो ।


सदाको बर्षा खुद्रा नपाईने गरेकोमा आज खुद्रा प्राप्त हुदा मानिसहरु खुसी भएका छन् ।