पाल्पा – आज वडादशैको आठौदिन महाअष्टमीका दिन मुलुकभरका शक्तिपीठहरुमा श्रद्धालुहरुको भिड लागेको छ । आज विहानैदेखि पाल्पाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने र बलीदिनेको घुँईचो लागेको छ ।
पाल्पाको तानसेन स्थित रणउजीरेश्वरी भगवती मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, केालडाडाको सत्यवती, भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजनको बली दिन र दर्शन गर्न घुँईचो लागेको छ । पुजाआजा गर्नेसाथै बलीदिनेले बिहानै शक्तिपीठमा पुग्ने गर्छन् ।
जिल्लाका विभिन्न स्थानमा रहेका दुर्गामन्दिर साथै कोटघरमा समेत पुजाआजा गर्ने भक्तजनको घुँईचो लागेको छ । खालीवन, सिलुवा, विरकोट, जल्पा, ज्यामिरे लगायतका स्थानमा रहेका कोटघरमा भिड लागेको स्थानीयले बताएका छन् ।
भैरवस्थान मन्दिरमा यसवर्षकै अत्यधिक भिड भएको व्यवस्थापन समितिले जनाएको छ । भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजन दर्शन गर्न र भाकल अनुसारको बली दिन विगतवर्षमा भन्दा यस वर्ष देाव्वर आएका छन् । मनोकांक्षा पुरा हुने विश्वासमा भैरवस्थान मन्दिरमा पुजा गर्न आउने गर्छन् । मन्दिरमा बाहै्र महिना पुजा हुने भएपनि वडादशैको नवरथामा अत्यधिक भिड हुनेगर्छ ।



