काठमाडौँ, – राष्ट्रपति डा रामवरण यादवले विजया दशमीका दिन सर्वसाधारण नेपालीलाई टीका लगाइदिने भएका छन्।
राष्ट्रपति डा यादवको हातबाट विजया दशमीका दिन टीका ग्रहण गर्न इच्छुक महानुभावहरूका लागि यही असोज १९ गते बिहीबार मध्याह्न १२३० देखि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुला रहने राष्ट्रपतिको कार्यालयले आज जनाएको छ। रासस



