ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा विजयादशमीको अवसरमा दुर्गा पूजनोत्सव समारोह आयोजना गरिएको छ ।
रामानन्द युवा क्लबले जनकपुरको रामानन्द चौकमा दुर्गा पूजनोत्सवको आयोजना गरेको हो । माटाका आकर्षक दुर्गा भवानी, लक्ष्मी, सरस्वती, गणेशसहित विभिन्न देवी देवताका मूर्तिहरु राखिएका छन् ।
यसैगरी जनकपुरका अरु चोकहरुमा पनि दुर्गा पूजनोत्सव समारोहको आयोजना गरिएको छ । विजयादशमीको अवसरमा उपवास गरी दुर्गा भवानीको पूजापाठ गरेमा सन्तान प्राप्ति हुने र हरेक प्रकारको दुख क्लेशबाट मुक्ति, मनोकांक्षा पूरा हुने जनविश्वास छ ।