आश्रमका कार्यालय प्रमुख रामशरण थापाले दिएको जानकारीअनुसार वृद्धाश्रमको अवस्थाप्रति प्रधानमन्त्रीले चिन्ता जनाएको र आश्रमको सुधारका लागि कार्ययोजना बनाउन निर्देशन पनि दिएको बताए।
त्यस्तै प्रधानमन्त्री भट्टराई माइती नेपालका चेलीबेटीसँग समेत कुराकानी गरेका छन्। पत्नीसहित माइती नेपालको कार्यालय गएर त्यहाँका चेलीबेटीसँग उनीहरुको पीडा सुन्नुका साथै केहीबेर रमाइलो पनि गरेको थियो।
सो अवसरमा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मुलुकका विभिन्न भागबाट चेलीबेटीको बेचबिखन भइरहेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सो रोकथामको लागि ठोस कदम चाल्न अनुरोध गरे।
प्रधानमन्त्री भट्टराईले मुलुकमा रहेको चेलीबेटी बेचबिखनको समस्याको अन्त्य गर्न ठोस नीति ल्याउने बताए। रासस



