काठमाडौं – राष्ट्रपति रामवरण यादवले बडादसैंको दिन बिहीबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका छन्। मध्यान्ह १२ : ३० बजेपछि सुरु भएको सो टीका लगाउने कार्यक्रममा राष्ट्रपति यादवले शीतलनिवासको कोशी हलमा उपराष्ट्रपति परमानन्द झालाईसमेत टीका र जमरा लगाइदिए।
राष्ट्रपति यादवले साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिनुहुने कार्यक्रम छ। रासस



