काठमाडौं – टीकाको दोस्रो दिन शुक्रबार पनि मान्यजनहरूबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी छ। शुक्रबार बिहानदेखि नै सडकमा आफन्तजनकहाँ टीका लगाउन हिँड्ने नेपालीहरूको चहलपहल देखिएको छ।
सार्वजनिक सवारीसाधन ज्यादै कम चलेकाले धेरैजसो मानिस निधारभरि रातो अक्षता र शिरमा जमरा लगाई बाटामा हिँडिरहेको देखिन्छन्। चाड पर्वको बेलामा कुनै आपराधिक घटना हुन नदिन चोकचोकमा प्रहरी सुरक्षाका लागि खटिएका छन्।
टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। रासस



