दशैंमा सुनको कारोबारमा कमी


 

अघिल्ला बर्षहरुका दशैं, तिहार झैं यस बर्ष सुन चाँदीका व्यवसायीहरुलई भने दशैं खासै उत्साहजनक चाड रहन सकेन । यस वर्ष सुनको भाउँमा अत्यधिक मूल्यबृद्धि भएपछि गत वर्षको यहि अवधिको तुलनामा सुनको कारोबारमा उल्लेख्य कमी आएको बताइएको छ । सुनको भाउँमा अत्यधिक मूल्यबृद्धि भएपछि गत वर्षको तुलनामा कारोबारमा ७५ प्रतिशतले कमी आएको व्यवसायीहरु बताउँछन् ।

गत वर्ष यहि अवधिमा प्रतितोला ३८ हजारको हाराहारीमा रहेको सुनको भाउँ यस वर्ष ५० हजार रुपैयाँको हाराहारीमा पुगेको छ । खाद्य वस्तु, लत्ता कपडा लगायतका वस्तुको भाउँ पनि बढेकाले सुन खरिदमा उपभोक्ताको मन नगएको व्यवसायीहरुको तर्क छ ।


गत वर्षको तुलनामा सुनको भाउँमा २५ प्रतिशतले बृद्धि भएकाले सुनको कारोबारमा उल्लेख्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यको भनाई छ । दशैंको बेलामा व्यापारमा गिरावट आएकाले निराशा छाएको व्यवसायी बताउँछन् ।