राजनितिक स्वार्थ त्यागेर संबिधान निर्माणमा लाग्नु पर्ने रायमाझीको भनाइ

– प्रेमनारायण आचार्य

 

  अर्घाखाँची २३ असोज । स्थानीय बिकास मन्त्रि तथा एकिकृत नेकपा माओवादीका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले राजनितिक स्वार्थ र ब्यक्तिगत स्वार्थ त्यागेर संबिधान निर्माण र शान्ति प्रकृया निस्कर्षमा पुराउनु पर्ने  बताउनु भएको छ । उहाले समयमा संबिधान निर्माण गर्न र शान्ती प्रकृया निस्कर्षमा पुराउन नसकेकाले राजनितिक दल र नेता प्रतिको बिश्वास गुमेको बताउनु भयो ।


  अर्घाखाँचीको सन्धिखर्कमा रिपोर्टस क्लब  अर्घाखाँचीले आज गरेको साक्षात्कार  कार्यक्रममा बोल्दै मन्त्रि रायमाझिले  यो सरकारले शान्ति र संबिधान निर्माण निस्कर्षमा पुराउने दाबी गर्दैयो सरकार मिसन शान्ति र संबिधान निर्माण भएको बताउनु भयो ।


   माओादी भित्रको बिरोधको बारेमा नेता रायमाझिले भन्नु भयो द्धन्द्ध कालमा समेत माओवादी भित्र अन्तसंघर्ष चलिरहेको बताउदै अहिलेको सडक आन्दोलन स्वभाविक भएको बताउदै जति बिरोध र सडक आन्दोलन गरेपनि पाटी एक ढिक्का भएर अगाडी बढ्ने बताउनु भयो ।


 स्थानीय बिकास संगै शिक्षा मन्त्रि समेत रहेका  रायमाझिले अर्घाखाँचीलाई सालझण्डी सन्धिखर्क ढोरपाटन सडक र पोखरा रिडी सुर्खेत सडकले फाईदा तथा रहात पुग्ग्ने  बताउदै जिल्लाको अर्घाको धरम्पानीमा बिमान स्थल बनाउन पहल भैरहेको जानकारी गराउनु भयो ।


उहाले अर्घाखाँचीमा कृषि र पर्यटनका क्षेत्रमा नँया योजना ल्याउने तयारी भैरहेको बताउनु भएको छ ।


  कार्यक्रम रिुपोर्टस क्लब अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र बिरेन्द्र केसीको संचालनमा समपन्न भएको हो ।

 




























Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु