पेट्रोलको मुल्यमा वृद्धि

नेपाल आयल निगम संचालक समितिको आज बिहान बसेको बैठकले अहिले १० बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य ३ रुपैयाँ बढाएको छ। मट्टितेल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ बढाइएको छ। आजैबाट प्रति लिटर पेट्रोलको मूल्य १ सय ५ र मट्टितेल तथा डिजेलको मूल्य ७६ रुपैयाँ निर्धारण भएको छ।

 

निगमका अनुसार निगमले हाल मासिक ८३ करोड रुपैयाँ घाटा बोहोर्दै आएको छ। नयाँ मूल्य अनुसार यो घाटा मासिक करिब ७१ करोड रुपैयाँमा झर्ने छ। यसअघि पेट्रोलको भाउ १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेलको भाउ ७५ रुपैयाँ थियो।