पांचथरमा मेवा विक्रिका लागि उचित बजार नपाएपछि किसानहरु निरास

पांचथर जिल्लामा मेवा विक्रिका लागि उचित बजार नपाएपछि किसानहरु निरास भएका छन् । जिल्लाको दक्षिणी गाविस सराडडाँडा, रवि, माडजावुड, मौवा, लगायतका गाविसमा उल्लेख्य मात्रामा मेवा उत्पादन हुने भएपनि विक्रिका लागि वजार अभाव भएपछि कृषकहरु निराश भएका हुन् ।

बजार अभावकै कारण सस्तो मूल्यमा मेवा विक्रि गर्नुपरेको कृषिकहरुले बताएका छन् । मोटरबाटो नभएकाले भरियालाई धेरै खर्च दिनुपर्ने हुँदा गाउँकै सर्वसाधारणलाई नै कृषकहरुले मेवा वेच्ने गरेका छन् । प्रत्येक घरमा २० देखि ७० वोटसम्म मेवाका रुखवाट झण्डै १० क्वीन्टेल मेवा उत्पादन हुने गरेको छ ।


गाउँमै प्रंति गोटा ५० देखि २ सय रुपैयांसम्म विक्री हुने मेवा झापासम्म लैजादाँ प्रति गोटा सय देखि ३ सय रुपैयां सम्म बिक्रि हुने कृषकहरु बताउँछन् ।