– हरि प्रसाद भुसाल
अर्घाखाँची असोज २५। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के।सी।ले माओवादीका कारण शान्ति प्रकि्रया अगाडी बढ्न नसकेको दावी गरेका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ल्ाा समिति अर्घाखाँचीले अर्घा गा।वि।सको रानीगैरामा आयोजना गरेको विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै संविधानसभा सदस्य समेत रहेका के।सी।ले उक्त आरोप लगाएका हुन् ।<br>
उनले यो सरकारले शनन्ति प्रकि्रया सम्पन्न गर्ने काम कुनैपनि हालतमा गर्न नसक्ने दावी गरे । ूसाम्राज्यवादी तथा विस्तारवादीहरुको चाकडी गरेर यो सरकार निर्माण भएका छ ।केसीले भने यो सरकारले जनपक्षिय काम गर्ला भनेर विश्वास गर्न सकिने ठाउँ छैन ।
आफुलाई सर्वहारा पार्टी वताउने माओवादी तथा एमाले प्रति क।सी।ले तिव्र आक्रोश पोखे । काँगे्रसको भन्दा अलिसान वंगाला माओवादी र एमालेका केन्द्रीय कार्यालय रहेको भन्दै के।सी।ले एमाले माअेवादप्ले कम्युनिष्टको नाममा नेपाली जनताहरुलाई झुक्याइरहेको दावी गरे ॥ उनले प्रश्न गरे ूके सर्वहाराको चरित्त एस्तै हो ।
नेपालमा कुनैपनि खालको संघीयता उपयुक्त हुन नसक्ने भन्दै के।सी।ले संघीयउताको नारा माओवादीले नभई भारतीय विस्तारवादको दवाबमा मधेशवादी पार्टीहरुले उठाएको बताए । उनले नेपाललाई खण्डित गरी सुडानिकरण गर्ने तयारी भइरहेको दावी समेत गरे ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको सभापतित्व र जिल्ल्ाा सचिव थम्मन के.सी सचालनमा सम्पन्न भएको हो ।