दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलिया विजयी

दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । केप टाउनमा गएराति भएको खेलमा पाहुना टोली अष्ट्रेलिया ५ विकेटले विजयी भएको हो । खेलमा पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर १ सय ४६ रन बनायो । जेपी डुमिनीले सर्वाधिक ६७ रन बनाएको इनिङ्गलाई कम योगफलमा समेट्ने क्रममा प्याट् कमिङ्गस्ले सर्वाधिक ३ विकेट लिए । जवाफमा अष्ट्रेलियाले १९ ओभर ३ बलमै ५ विकेट गुमाएर विजय हासिल ग