ईण्डीकार रेसीङका ब्रिटिश ड्राईभर डान ह्वेल्डनको अमेरीकामा रेसकै क्रममा भएको दुर्घटनामा परी मृत्यु भएको छ ।
अमेरीकामा सम्पन्न लास भेगास ईण्डी थ्रि हण्ड्रेड रेसीङको क्रममा दुर्घटनामा परेका ह्वेल्डनलाई तत्काल नजिकैको युनिभर्सीटी मेडिकल सेन्टरमा पु-याईएपनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।
रेसीङ सर्किटको तेह्रौ ल्यापको दोस्रो कर्नरमा भएको दुर्घटनामा १५ वटा कारहरु एक आपसमा ठोकिएका थिए ।
३३ वर्षिय ह्वेल्डन सन् २००२ का ईण्डीकार रेसीङ च्याम्पियन थिए । लास भेगासमा सम्पन्न यो रेस वर्षको अन्तिम प्रतिस्पर्धा थियो ।
ह्वेल्डनको मृत्युपछि ब्रिशिट फर्मुला वान ड्राईभरहरु लेविस ह्यामिल्टन र जेन्सन बटनले ट्वीटर मार्फत शोक प्रकट गरेका छन् ।