काठमाडौं, ६ कात्तिक इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल नर्वीचसँग १र१ गोलको बराबरीमा रोकिएको छ ।
पहिलो हाफको इन्जुरी समयमा क्रेज बेलएमीको गोलमा लिभरपुलले अग्रता लिएपनि ६० औं मिनेटमा ग्रान्ट होल्टले गोल गर्दै बराबरीमा ल्याए । उपाधि दावेदार मानिएको लिभरपुलले लिग तालिकाको पाँचौ स्थानमा रहेको छ ।
यसैबीच गएराति भएका अन्य खेलमा सन्डरल्यान्डले बोल्टनलाई २र० ले पराजित गर्यो भने वेस्ट ब्रुमले एस्टन भिल्लालाई २र१ ले पराजित गर्यो । अन्य खेलहरुमा वुल्भ्स र स्वानसियाबीचको खेल बराबरीमा सकियो भने न्युक्यासल युनाइटेडले विगानलाई १र० ले पराजित गर्यो ।
यता, आज राति लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडबीच महत्वपूर्ण खेल हुँदैछ । आज राति हुने अन्य खेलमा तेस्रो स्थानमा रहेको चेल्सीले क्विन्स पार्क रेन्जर्ससाग खेल्दैछ भने आर्सनलले स्टोक सिटीको सामना गर्दैछ । यसैगरी आजै हुने अन्य खेलमा फुल्हृयामले इभर्टन तथा टोट्नहृयामले ब्लाकबर्नसाग खेल्दैछ ।