टेलिकमको भरतपुर कार्यालयमा आगलागी

चितवन, ७ कात्तिक नेपाल टेलिकम भरतपुर शाखाको दूरसञ्चार कार्यालयमा आज बिहान आगो लागेको छ । दूरसञ्चार कार्यालयभित्र रहेको रेक्टिफायरमा विद्युत् सर्ट हुँदा आगलागी भएको टेलिकमले जनाएको छ । 



 

रेक्टिफायरमा उच्च करेन्ट प्रवाह हुँदा आगो लागेको हो । कार्यालयभित्रको प्राविधिक कक्षमा आगो लागेकाले क्षतिको यकिन विवरण नआएको चितवन प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, कर्मचारी, प्रहरी तथा दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो । बिहान ८ बजेबाट सुरु भएको आगो ८।३५ मा नियन्त्रणमा आएको थियो ।