कालसर्प योग निवारण महायज्ञ आयोजना

– कृष्ण  खनाल

 
बुटवल १४ कात्तिक ।  बुटवलको स्वर्गद्धारी मन्दिरमा एक दिवसीय कालसर्प योग  निवारण शान्ति महायज्ञ सम्पन्न भएको छ ।


लुम्विनी ज्योतिषी तथा वास्तुसेवा प्राली आयोजनामा सोमबार वुटवल – ६ स्थित स्वर्गद्धारी मन्दिरमा भएको महायज्ञमा २० जना कर्ताहरुको सहभागीता रहेको थियो ।

 

महायज्ञमा ३६ जना ऋत्युजहरुपण्डितले कालसर्प योग निवारण का लागी लघु रुद्री मनासदेवी पुजन जप पितृपुजा राहु र केतुको पुजा जप कालपुरुषको पुजा लक्ष्यवती पुजा गरिएको थियो ।

 

जन्मदा राहु देखी केतु सबै ग्रहको योग परेका व्यक्तिहरुको ग्रह शान्तिको लागी सामुहिक महायज्ञ गरिएको महायज्ञ संयोजक पण्डित जनार्दन न्यौपानेले जानकारी दिए ।


यो ग्रह लागेका व्यक्तिहरुको अस्वभाविक मृत्यु हुने ठूला ठूला समस्याहरुको सामना गर्नु पर्ने वादविवाद भइराख्ने समस्या आउने पण्डित न्यौपानेले बताए ।


 यो योग पर्नेमा नेपालका पूर्व राजाहरु पृथ्वीनारायण शाहसुरेन्द्र विव्रुम शाह विरेन्द्र विव्रुम शाह भारतीय सम्राट अकवर महात्मा गान्धी अव्राहम िलंकन लता मङ्गोश्वर महारानी लक्ष्मीबाइ सद्धाम हुसेन लगायत चर्चित व्यक्तिहरुलाई त्यस्तो योग परेको पनि पण्डित न्यौपानेले जानकारी दिए ।