काठमाडौं, १५ कात्तिक मालदिभ्समा हुने सार्क ट्वान्टी(२० कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज मंगलबार श्रीलंकाको सामना गर्ने भएको छ ।
सोमबार सार्वजनिक गरिएको परिर्वतित खेल तालिका अनुसार नेपालले मंगलबार श्रीलंकासँग खेल्ने भएको हो । बंगलादेशले अन्तिम समयमा आएर भाग नदिने भएपछि खेल तालिकामा हेरफेर गरिएको हो । तर, बंगलादेश र नेपाल एउटै समूहमा नरहेकाले नेपालले खेल्ने देश परिर्वतन भएको छैन । समूह चरणका तीन बटै खेल एक(एक दिन पछि सरेको हो ।
नयाँ तालिका अनुसार समूह बीमा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बिहीबार भारतसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा शनिबार पाकिस्तानको सामना गर्नेछ ।
समूह ुएु को बंगलादेशले सहभागिता नजनाउने भएपछि उक्त समूहमा रहेको आयोजक मालदिभ्स, भुटान र अफगानिस्तानले भने समूह चरणमा २(२ खेल मात्र खेल्नु पर्ने भएको छ । प्रत्येक समूहका शीर्ष दुई स्थान रहेका टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।



